Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बबरमहलमा स्कुटर र ट्याक्सी ठोक्किदाँ एक जनाको मृत्यु


  • आइतबार, असार २२ २०७६

  • बबरमहलमा स्कुटर र ट्याक्सी ठोक्किदाँ एक जनाको मृत्यु

    काठमाडौं- काठमाडौंको बबरमहलमा स्कुटर र ट्याक्सी एकआपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–८ का १९ वर्षीय दीपक थापा रहेका छन् ।
    माइतीघरबाट बानेश्वर जाँदै गरेको बा८३प ४०३५ स्कुटी र बानेश्वरबाट माइतीघरतर्फ आउँदै गरेको बा२ज ११८८ नं को ट्याक्सी काठमाडौं महानगरपालिका–११ स्थित बबरमहल सडकमा एकआपसमा ठोक्किएको थियो ।
    स्कुटर चालक काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० का रोहितसिंह ठकुरीको भने माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल उपचार भइरहेको छ ।
    दुर्घटनापछि खोटाङ घर भएका ट्याक्सी चालक मिलन राई र ट्याक्सी प्रहरीको नियन्त्रणमा छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij