Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

“नो अबजेक्सन लेटर” बन्द गर्नु सरकारको हठा्त निर्णय


  • बुधबार, असार १८ २०७६

  • “नो अबजेक्सन लेटर” बन्द गर्नु सरकारको हठा्त निर्णय

    नेपाल सरकारको शिक्षा मन्त्रालयले अस्ट्रेलियामा भोकेसनल कोर्सका लागि उच्च अध्यन गर्न आउने बिध्यार्थीलाई नो अब्जेक्सन लेटर नदिने निर्णय गरेपछि सरोकारवालाहरुले राज्यको गलत नितीप्रती रोष प्रकट गरेका छन । सिड्नीमा रहेका अस्ट्रेलियन एजुकेशनल कन्सलट्यान्ट एलाइन्स (एका)ले बुधबार नेपाल सरकारको सो निर्णय हठात रहेको भन्दै न्यु साउथवेल्सको माहाबाणिज्युदुतावासमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । एकाका अध्यक्ष परशुराम अधिकारी,उपाध्यक्ष राज जोशी, महासचिब शरद भुषाल,एक्सपर्ट एजुकेशनका निर्देशक बद्री अर्याल,कलेज व्यबशायी रन्जु थापालगायतको टोलीले महाबाणिज्युदत दिपक खड्कालाई ज्ञापनपत्र बुझाएका थिए ।
    अस्ट्रेलियामा रहेका शैक्षिक परामर्शदाताहरुको छाता संगठन एकाले राज्यले बिना आधार र प्रमाण बिध्यार्थीलाई अस्ट्रेलिया आउनवाट छेक्ने प्रयास गरेको जनाएका छन । नागरिकको पढन पाउने अधिकारकै हनन हुने गरी गरिएको यो निर्णय सरासर गलत रहेको र राज्यले तुरुन्तै फीर्ता लिनु पर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ । शिक्षा मन्त्रालयको यो निर्णयले हजारौ नेपाली बिध्यार्थी मात्र नभइ यस सँंग जोडिएका कयैन पक्ष प्रभावित भएको बिषयप्रती राज्य गम्भीर नभएको एकाले ठहर गरेको छ ।
    नेपालको समकक्षता प्राप्त नगरेको शैक्षिक संस्थामा पढ्न गएको खण्डमा पनि स्वयं व्यक्ति नै जिम्मेवार हुनुपर्ने र त्यसमा सरकारको कुनै पनि दायित्व नहुने प्रस्ट व्यवस्था भए पनि सरकारले हठात् नो अब्जेक्सन लेटर दिन बन्द गरेको भन्दै एकाले रोष प्रकट गरेको छ । एकाले सरकारसँंग टेबलमा बसेर यहाँंको अवसर अनि चुनौती र समस्याका बिषयमा छलफल गर्न तथा समाधानको वाटो खोज्न आफुहरु तयार रहेको जनाएको छ ।
    सरकारले बिनाकारण नो अब्जेक्सन लेटर दिने काम बन्द गरेको बताउदै एकाका अध्यक्ष परशुराम अधिकारीले भने, सरकारको यो कदम सरासर गलत छ । कमी कमजोरीहरु हरेक क्षेत्रमा छन र हुन्छन,त्यसलाई समाधान गर्दै जाने हो, बाटै बन्द गर्ने होइन ।
    पछिल्लो परिस्थीतीमा राज्यले नो अबजेक्सन नदिने निर्णय गरेर वाटो छेक्ने प्रयास गरेको छ,यो नागरिकको उच्च अध्यन गर्ने अधिकार माथिको प्रहार पनि हो, एक्सपर्टका निर्देशक बद्री अर्यालले बताए । अस्ट्रेलियामा एक दुइ समस्या देखिए होलान तर हजारौ अवसर र सफलताको कथा पनि छन ,त्यसैले राज्यले यस्तो अप्रीय निर्णय गर्दैगर्दा सबैपक्षसँंग छलफल अनि बिचार बिमर्स गरेर टुंगोमा पुग्नु पर्दथ्यो, अर्यालले सुनाए ।
    अस्ट्रेलियामा अध्यनका लागि आउने बिदेशी बिध्यार्थीहरुको सुचिमा नेपाल तेस्रो ठुलो राष्ट्रका रुपमा चिनिएको छ । पहिलो नम्बरमा चिन र दोस्रो नम्बरमा भारतवाट सबैभन्दा बढि बिध्यार्थी यहाँं पढन आउने गरेको तथ्यांक यहाको अध्यमगमन बिभागले जारी गरेको छ । २०१९ जुन महिनासम्मलाई जोड्ने हो भने करिब पचास हजार नेपाली बिध्यार्थी अस्ट्रेलियामा उच्च अध्यनमा रहेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij