Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महिन्द्रा मनसुन सर्भिस क्याम्प १८ गतेदेखि २० गते सम्म संचालन हुने


  • आइतबार, असार १५ २०७६

  • महिन्द्रा मनसुन सर्भिस क्याम्प १८ गतेदेखि २० गते सम्म संचालन हुने

    काठमाडौं– नेपालका लागि महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटोवर्कस्ले मनसुन सर्भिस क्याम्प संचालन गर्ने भएको छ । ‘मनसुन सर्भिस क्याम्प’ यहि आषाढ १८ देखि २० गते सम्म संचालन हुनेछ ।
    यो मनसुन सर्भिस क्याम्पमा महिन्द्रा गाडीका सम्पूर्ण रेन्जका चार पाङगे्र गाडीहरुलाई विभिन्न ३० चेक प्वाइटहरुमा दक्ष प्राविधिकहरुले जाँच गर्नेछन् । साथै यस सर्भिस क्याम्पमा ग्राहकहरुलाई निस्शुल्क स्वास्थ्य सेवा पनि प्रदान गरिने छ ।
    यो योजनामा सम्पूर्ण ग्राहक तथा ड्राइभरहरुलाई स्पेयर पार्ट्स, लुब्रिकेन्ट तथा श्रमिक मूल्यहरुमा १० प्रतिशत छुटको व्यवस्था साथै निस्शुल्क स्वास्थ्य सेवा पनि प्रदान गर्नै व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
    यो सेवा नेपाल भर एकैचोटी बालाजु अटो वर्कस् अन्तर्गतको महिन्द्राका सर्भिस नेटर्वकहरुमा उपलब्ध हने छ । महिन्द्रा गाडीका ग्राहकहरुले योे विषेश सेवा प्राप्त गर्न नजिकैको महिन्द्रा आधिकारिक र्वक शपमा छिटो भन्दा छिटो बुकिङ्ग गर्नु पर्ने जानकारी कम्पनीले गराएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij