Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नविल बैंक र काठमाडौं महानगरपालिकाबीच सम्झौता


  • बुधबार, असार ४ २०७६

  • नविल बैंक र काठमाडौं महानगरपालिकाबीच सम्झौता

    काठमाडौं – नविल बैंक र काठमाडौं महानगरपालिका बीच नयाँ सडक गेट अगाडि पूर्व तर्फको र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिम तर्फको सडकका ट्राफिक आइल्याण्डहरुमा एरोपोनिक प्रणालीबाट फुलका १२ वटा स्तम्भहरु जडान गर्ने विशेष सौन्दर्यकरण सम्झौता भएको छ ।
    आधुनिक प्रविधिको एरोपोनिक प्रणालीबाट फूलको स्तम्भहरुमा नियमित पानीको spray/mist प्रवाहित गरी बर्षै भरी फुललाई हरियालीयुक्त रमणीय बनाउन काठमाडौं महानगरपालिका तथा नविल बैंक लिमिटेडको सहकार्य रहने जनाइएको छ ।
    काठमाडौं महानगरपालिका नगर प्रमुख बिध्या सुन्दर शाक्यले नबिल बैंक सँगको यस सम्झौताले काठमाडौंको सुन्दरता बढाउने भएकोले धेरै उत्साहित भएको जानकारी दिए ।
    उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस सहकार्यले नविल बैंकले अवलम्वन गर्दै आएको हरितकरण प्रयासलाई टेवा पुर्याई काठमाडौं महानगरपालिकामा रहेका सडकका ट्राफिक आइल्याण्डहरुमा सौन्दर्य वृध्दि गरी शहरको वातावरण समेतलाई सपार्ने विश्वास व्यक्त गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij