Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु


  • मंगलबार, असार ३ २०७६

  • भक्तपुरमा  टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

    भक्तपुर – भक्तपुरको सूर्यविनायकमा टिपरको ठक्करमा परी स्कुटर चालकको मृत्यु भएको छ।
    जगातीबाट साँगातर्फ जादै गरेको बा ४ ख ५६७१ नं को टिप्परको टायरमा सोही दिशा तर्फ जाँदै गरेको प्रदेश नं ३-०२-००३ प १२६६ नं को स्कुटर ठोक्किँदा दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
    दुर्घटनामा काभ्रेपलाञ्चोक पाँचखाल नपा ९ घर भई हाल जिल्ला भक्तपुर सुर्यबिनायक नपा ८ सिपाडोल बस्ने बर्ष ३७ वर्षीय पदम बहादुर श्रेष्ठ घाइते भएका थिए।
    घाइतेको उपचारको लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा पौने १ बजे मृत्यु भएको हो। टिपर चालक रामेछापका लोक बहादुर श्रेष्ठ र दुवै सवारीसाधनलाई महानगरीय प्रहरी वृत्त जगातीमा राखिएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij