Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रेस स्वतन्त्रताको पक्षमा देशब्यापी हस्ताक्षर संकलन अभियान


  • मंगलबार, असार ३ २०७६

  • प्रेस स्वतन्त्रताको पक्षमा देशब्यापी हस्ताक्षर संकलन अभियान

    काठमाडौं – सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै नेपाल पत्रकार महासंघले घोषणा गरेको तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आजदेखि प्रेस स्वतन्त्रताको पक्षमा देशब्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरु अविलम्ब फिर्ता लिन माग राख्दै बैशाख २९ देखि जेठ २५ गतेसम्म दुई चरणमा गरिएको आन्दोलनका कार्यक्रमहरुलाई उपेक्षा गर्दै सरकार महासंघले उठाएका मागप्रति गम्भीर नभएपछि महासंघले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । महासंघका देशभर रहेका जिल्ला शाखा÷प्रष्ठिान शाखा र एसोसिएट संस्थासहित महासंघ केन्द्रीय कार्यालयमा असार ३ गतेदेखि ५ गतेसम्म संकलन गरिएका हस्ताक्षरलाई जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको छ । महासंघले प्रेस स्वतन्त्रताको पक्षमा सञ्चालित यो अभियानमा सक्रिय सहभागिता जनाउन आमसञ्चारकर्मी, सञ्चारसम्बद्ध संघ–संगठन, सञ्चारमाध्यम, विभिन्न पेशाकर्मीहरु, राजनीतिक दल, नागरिक समाज, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुप्रति हार्दिक आहृवान गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij