Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रौतहटमा ट्रकको ठक्करबाट दुई भारतीय तीर्थयात्रीको मृत्यु


  • मंगलबार, जेष्ठ २८ २०७६

  • रौतहटमा ट्रकको ठक्करबाट  दुई भारतीय तीर्थयात्रीको मृत्यु

    रौतहट – रौतहटको पौराइमा बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन ।
    ट्रकले ठक्करबाट उडिसा राज्यको उपरा साही नयरखण्डाला मन्दिर जागामारा भुवनेश्वर खोडदाहाका ५२ वर्षीय विजयकुमार जेना र ५४ वर्षीय चरण विशालको घटनास्थलमा मृत्यु भएको थियो । घाइतेमध्ये ६ जनाको चन्द्रपुरमा र ३ जनाको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
    चन्द्रपुर नगरपालिका–१, मंगलपुरको जंगलमा रोकी राखेको भारतीय तीर्थयात्री सवार बसलाई मालवाहक ट्रकले पछाडिबाट ठक्कर दिँदा २ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको हो ।
    काठमाडौंबाट जनकपुरतर्फ गइरहेको ना ६ ख ९०३० तीर्थयात्री बोकेको बसलाई सोमवार राति को १ ख २६२५ नम्वरको मालबाहक ट्रकले पछाडीबाट ठक्कर दिएको रौतहट प्रहरीले जनाएको छ ।
    प्रहरीका अनुसार, उक्त बसमा भारतको उडिसा राज्यका ६० तीर्थ यात्रु सवार रहेको बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij