Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अत्तरखेलमा प्रहरीले लुटेरा समात्न चलायो गोली


  • शुक्रबार, जेष्ठ २४ २०७६

  • अत्तरखेलमा प्रहरीले लुटेरा समात्न चलायो गोली

    काठमाडौं – काठमाडौंको अत्तरखेलमा प्रहरीले डकैती मुद्दाका फरार अभियुक्तलाई पक्राउ गर्न गोली चलाएको छ । पाँचथर फिदिमका छिरिङ लामालाई शुक्रबार दिउँसो दुई राउण्ड गोली हानी नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडाैंले जनाएको छ ।

    लामाको समूहले गत २६ भदौ २०७५ मा कलंकीको मनी ट्रान्सफरबाट एक लाख ७० हजार लुटेका थिए  । २०७५ माघमा चाबहिलस्थित एक सहकारीमा लुटपाटको प्रयास गरेको, २०७५ चैतमा गोकणेश्वरस्थित एक मनी ट्रान्सफरबाट ३ लाख रुपैयाँ लुटेको, २०७६ जेठमा ललितपुरको इमाडोलमा १ कम्पनीबाट १ लाख लुटेका थिए ।

    प्रहरीले तामाङसहित धराने भनिने नितेश तामाङ, मुन्द्रे भनिने अजय तामाङ, बाहुन भनिने रुपेश चौलागाईंलाई नियन्त्रणमा लिएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij