काठमाडौं -प्राइम कमर्सियल बैंकले ‘ख’ वर्गको वित्तीय संस्था कन्काई विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्झौता भएको छ।
सहमतिपत्रमा प्राइम बैंकका सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काई विकास बैंकका सञ्चालक समितिका अध्यक्ष सेवक दाहालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले प्राथमिकताका साथ जोड दिइरहेका विषयहरु मर्जर र एक्विजिसन, ग्रामीण क्षेत्रमा विशेषगरी कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जनाको साथै थप सुदृढ र सवल बैंकको रुपमा मुलुकको समग्र आर्थिक विकासमा सहभागिता बढाउने उद्देश्यले कन्काईलाई एक्विजिसन गर्न सहमति जनाइएको छ।
कन्काई विकास बैंकका ग्रामीण क्षेत्रमा शाखा संजालहरु छन। प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ८९ हुनेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
