सिराहा- ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त लक्ष्मीपुर पतारी गाउँपालिका-५ बस्ने २० बर्षीय आनन्द कुमार यादवलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनलाई ईलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यादवले बरियारपट्टी गाउँपालिका-१ बस्ने टुल टुल भन्ने ३८ बर्षीय राज कुमार यादवलाई २०७५ चैत्र ७ गते ज्यान मार्ने उदेश्यले कुटपिट गरी गम्भीर रुपमा घाइते बनाई फरार भएका थिए ।
यस सम्बन्धमा थप अनुसन्धान कार्य अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
