अछाम– अछाम जिल्लाको साँफेबगर नगरपालिका ३ मा प्रभु बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
साँफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुँवरज्यू शाखाको उद्घाटन गर्दै बैंकले देशका सुगम तथा दुर्गम ठाउँमा पुगेर बैंकिङ्ग पहुँचको दायरा वृद्धि गर्दै गुणस्तरीय सेवा विस्तार गरेकोमा खुसी व्यक्त गरे ।
उनले साँफेबगरमा बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएर यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर प्रदान गरेको बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
