Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बैतडीको नानीगाडमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु


  • आइतबार, जेष्ठ ५ २०७६

  • बैतडीको नानीगाडमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

    बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–११ नानीगाडमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।

    बैतडीको देहीमाडौंबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप दशरथचन्द नगरपालिका–११ नानीगाडमा दुर्घटनामा परेको हो । दुर्घटनामा बैतडीको दशरथचन्द नगरपालिका–१० बाराकोटका ४५ वर्षीय हिराबल्लभ भट्ट, सोही ठाउँका ६५ वर्षीय नरुली भट्ट र लालमणी भट्टको मृत्यु भएको छ ।

    दुर्घटनामा  प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगरका २६ वर्षीय राहुल भट्ट र जीप चालक दशरथचन्द नगरपालिका–१० का नवीन भट्ट घाइते भएका छन् । जीप सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij