Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

होटल संघको अध्यक्षमा सिर्जना राणा निर्वाचित


  • आइतबार, बैशाख २९ २०७६

  • होटल संघको अध्यक्षमा सिर्जना राणा निर्वाचित

    काठमाडौं– देशभरका होटल व्यवसायीहरको संगठन होटल संघ नेपालको अध्यक्षमा सिर्जना राणा निर्वाचित भएकी छन्। बिहीबार सम्पन्न संघको साधारणसभाबाट होटल डेल अन्नपूर्णको तर्फबाट राणा अध्यक्षमा निर्वाचित भएकी हुन्।

    साधारणसभाले प्रथम उपाध्यक्षमा बिनायक शाहलाई चयन गरेको छ भने द्वितीय उपाध्यक्षमा प्रविन बहादुर पाँडे निर्वाचित भएका छन्। साजन शाक्य महासचिव भएका छन् भने विशाल कुमार बिशाल कुमार निर्वाचित भएका छन्।

    देशभरका होटलहरु संलग्न उक्त संघको कार्यसमित २० जनाको छ।

    नवनिर्वाचित अध्यक्षा राणाले विगतमा सरकारले होटल उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको रुपमा मान्यता दिने निर्णय गरेपनि हालसम्म त्यो कार्यान्वयन नहुनु दुःखद भएको बताइन्। १० खर्बको लगानी र १० लाख भन्दा बढीलाई रोजगारी दिएको क्षेत्रलाई सरकारले बेवास्ता गरेको उनले बताइन्।

    सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सहयोग गर्न संघको तर्फबाट आफू र संघले हरसम्भवन प्रयास गर्ने उनले प्रतिबद्धतता जनाइन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij