Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कैलालीको लम्की तनावग्रस्त


  • मंगलबार, बैशाख १७ २०७६

  • कैलालीको लम्की तनावग्रस्त

    कैलाली -कैलालीमा मंगलबार बिहान ट्रकले ठक्कर दिँदा एकजना छात्राको मृत्यु भएपछि सुरु भएको प्रदर्शनले उग्र रुप लिएको छ ।
    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९२३३ को ट्रकले ठक्कर दिँदा स्थानीय लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा सुनीता रावलको मृत्यु भएपछि सुरु भएको प्रदर्शनले लम्की बजार तनावग्रस्त बनेको हो ।
    प्रदर्शनकारीले तोडफोडका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् । प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै दर्जनौं सेल अश्रु ग्यास हानेको छ ।
    प्रदर्शनका क्रममा केही प्रहरी र स्थानीय घाइते भएका छन् । अहिले प्रदर्शन नियन्त्रणमा लिन बाक्लो मात्रामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।
    स्थिति नियन्त्रण बाहिर जान नदिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताए ।
    प्रहरीले ट्रक चालक सुनील भण्डारीलाई नियन्त्रणमा लिएर कारबाही गर्ने बताए पनि स्थानीय भने प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले ट्रक तोडफोड गर्नुका साथै सडकसमेत बन्द गराएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij