Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हुम्लामा अज्ञात रोगका कारण आठको मृत्यु


  • शनिबार, बैशाख १४ २०७६

  • हुम्लामा  अज्ञात रोगका कारण आठको मृत्यु

    हुम्ला – अज्ञात रोगका कारण हुम्लाको ताँजाकोट गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ । सो रोगले एक दर्जनभन्दा बढी बिरामी परेका छन ।

    एक सातासम्म फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मर्नेको सङ्ख्या आठ पुगेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए । बिरामीको उचित उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिँदै गएको छ । रोगबाट  गाउँपालिका मैला, मदानलगायतका गाउँका मानिस बिरामी परेको स्थानीय बासिन्दाले बताएका छन् । शुरुमा बिरामीको टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा मृत्यु हुने गरेको छ ।

    ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा औषधि नहुनुका साथै स्वाथ्यकर्मी नबस्नुकै कारण उपचारमा समस्या हुँदै आएको स्थानीयवासीले बताएका छन् । एक हप्ताअघि पानी परेसँगै रोग फैलिएपछि मृत्यु हुनेमा सो गाउँपालिका–१ का ७० वर्षीय कुशुमा रिठाल र ६० वर्षीय सुरजित खड्का छन् । वडा नं २ का ५५ वर्षीय रङ्गे कोली र पाँच वर्षकी सुनकेसा सुनार, वडा नं ३ का ७० वर्षीय अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महीनाका बालक सञ्जिव थापा रहेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij