Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

तारा एयरको जहाज मन्थलीमा रनवेबाट चिप्लियो


  • सोमबार, बैशाख ९ २०७६

  • तारा एयरको जहाज मन्थलीमा रनवेबाट चिप्लियो


    रामेछाप – लुक्लाबाट आएको तारा एयरको जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिदा रामेछापको मन्थली विमानस्थल बन्द भएको छ।
    सोमबार बिहान ताराको ‘नाइन एनएकेके’ नेपाली दर्ता नम्बर भएको ट्विनटर जहाजको रनवेमा चिप्लिएको थियो।
    जहाज चिप्लिएपनि यसबाट कुनै मानवीय क्षति नभएको विमानस्थल प्रमुख अमितकुमार चौरासियाले जानकारी दिए।
    धावनमार्गबाट जहाज चिप्लिएपछि विमानस्थल बन्द गरिएको छ। जहाज नहटाएसम्म विमानस्थल सुचारू नहुने चौरासियाले बताए।
    जहाज हटाउन र त्यसको प्राविधिक परीक्षणका लागि नागरिक उड्डयन प्राधिकरण केन्द्रीय कार्यालयबाट मन्थली गइसकेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij