Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनआरएन अस्ट्रेलियाको ओपन सेक्रेट उमेदबारी


  • आइतबार, बैशाख ८ २०७६

  • एनआरएन अस्ट्रेलियाको ओपन सेक्रेट उमेदबारी

    अध्यक्षमा कडेंल र पोखरेलको लडाई, महासचिबमा डा रेग्मी र दाहाल

    एनआरएन अस्ट्रेलियाको निर्वाचन नजिकीदै गर्दा यतिखेर नेपाली समुदायको बाहुल्यता रहेको सिडनी मेलवर्न, ब्रिसबेन, पर्थ जस्ता ठुला शहरहरुमा चुनाबी माहौल निकै तातेको छ ।
    प्रवासको साझा संगठनका रुपमा चिनिने एनआरएनको ताजका लागि यहा पनि बिभिन्न खेमा र बिचारका मानिशहरु अलग समुहमा उमेदबारी दिन थालेका छन । हुन त यसको बिधानले एनआरएनमा राजनितीक घुसपैठ अमान्य हुने बैधानिक ब्यबस्था भएपनि यसरी समुह र खेमामा उठने प्रचलन सामान्य भैसकेको छ ।
    सदस्यता खुलेको लगभग तिन हप्ता भैसक्दा कुल दुइ हजार मात्र सदस्य बनेको परिस्थीतीमा पछिल्ला दश दिनमा चार हजार सदस्य थपीने आकलन समेत गरिएको छ । चुनाब लागेपछि बिभिन्न समुह र खेमामा टिमलाई जिताउन सदस्यतामा तिब्रबृद्धी आउने पक्का छ । अहिले प्रजातान्त्रिक र कम्युनिष्ट आस्था राख्ने दुइ समुहले अस्ट्रेलियामा आआफ्ना आधिकारीक उमेदबारहरुको समुहको घोषणा गोप्य रुपमा गरिसकेका छन । बाहिर नदेखिने तर ओपन सेक्रेट भनेझै सबैले थाहा पाउने यो समुहगत घम्साघम्सीमा डेमोक्रयाटहरुको भने यस पटक फरक खाले शैलीमा उमेदबार देखिएका छन । राज्यस्तरिय भेलाले राज्यको र राष्ट्रीय भेला बोलायर केन्द्रिय उमेदबार छान्ने प्रचलन यहाँं पहिलो पटक देखिएको छ ।
    डमोक्रयाटहरुले यस पटक बहुमतीय प्रणाली अबलम्बन गर्दै मेलवर्नका हालका उपाध्यक्ष केशव कडेंललाई अध्यक्षको उमेदबार बनाएका छन उपाध्यक्षहरुमा एनएसडब्लु संयोजकमा युवा ब्यवशायी डिला खरेल भने महासचिबमा डाक्टर ज्ञानेन्द्र रेग्मीलाई छानेका छन । यस्तै सचिबमा परेस घिमिरे तथा कोषाध्यक्ष सीपीए तथा चर्चित युवा अनिल पोखरेललाई मैदानमा उभ्याएका छन ।
    यस्तै समितीको युवा संयोजकमा भने युवाहरुमाझ लोकप्रीय ब्यक्तीत्व ईरशाद अहमद मैदानमा देखिएका छन । यस्तै राज्यहरुको सवालमा राज्य संयोजक तथा उपाध्यक्षमा एडिलेड अर्थात दक्षिण अस्ट्रेलियावाट नविन पन्त र राजधानी क्यानबेरावाट चुडामनी सापकोटा (ज्ञानु) ब्रिसबेनवाट उमेश खड्का, भिक्टोरियावाट प्रेम कडेंलको उमेदबारी पक्का भैसकेको छ ।
    डेमोक्रयाटहरुसँंगै कम्युनिष्ट बिचारधाराको प्यानलपनि लगभग बनिसकेको छ । एमाले र माओबादीको फ्युजन टोलीले निर्धारण गरेको ओपन सेक्रेट टिमको अध्यक्षमा चलचित्र निर्माता दिनेश कुमार पोखरेल ,महासचिबमा सन्तोष दाहाल र एनएसडब्लु उपाध्यक्षमा देब गुरुङ पक्का भैसकेको छ भने कोषाध्यक्षमा शैक्षिक ब्यवशायी भुवन पाण्डेको नाम चर्चामा आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij