Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लुक्लामा विमान दुर्घटना हुँदा को–पाइलट र एक प्रहरीको मृत्यु, तीन घाइते


  • आइतबार, बैशाख १ २०७६

  • लुक्लामा विमान दुर्घटना हुँदा को–पाइलट र एक प्रहरीको मृत्यु, तीन घाइते

    काठमाडौँ — लुक्लाबाट रामेछाप आउँदै गरेको समिट एयरको जहाज दुर्घटनामा कोपाइलट र एक प्रहरीको मृत्यु भएको छ । पाइलटसहित तीनजना गम्भीर घाइते छन् । लुक्ला विमानस्थलमा आइतबार बिहान समिट एयरको जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो।
    त्रिभुवन विमानस्थलका अनुसार जहाजका कोपाइलट सुदीप ढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको मृत्यु भएको हो।
    दुर्घटनामा उक्त जहाजका क्याप्टेन रवीन्द्र रोकाया, मनाङ एयरको हेलिकप्टरका पाइलट चेत गुरुङ र एक प्रहरी गभ्मीर घाइते छन्। उक्त जहाजकी एयर होस्टेज रश्मी लामा सामान्य घाइते छिन्। घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij