काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ३ सय ग्राम सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
चीनको कुनिमङबाट एयर चाइना स्र्टन एयरलाइन्सबाट नेपाल आएका उनीहरुलाई मलद्वारमा सुन राखेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शंका लागि उनीहरुलाई नियन्त्रणमा लिई एक्सरे गरेर हेर्दा मलद्वारमा सुन भेटिएको प्रहरीले जनाएको छ । पछि उनीहरुलाई दिसा गर्न लगाएर सुन निकालिएको हो ।
चेकजाँचका क्रममा केही असजिलो मानेपछि उनीहरूलाई प्रहरी र भन्सारका अधिकारीहरूले केएमसी अस्पताल लगेको थियो
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
