Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ हुने


  • बिहिबार, चैत्र २८ २०७५

  • दुबईमा  ‘धुर्मुस सुन्तली साँझ’ हुने

    काठमाडौं -धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ दुबईमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ । दुबई स्थित सम्पुर्ण संघसंस्थाहरुको आयोजनामा चितवन समाजको संयोजनमा यहि अप्रिल २६ तारिखका दिन कार्यक्रम हुने धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) ले जानकारी दिएका छन् ।


    ग्राण्ड एक्सेलसियर होटल, बर दुबईमा आउँदो अप्रिल २६ मा हुने कार्यक्रममा धुर्मुस सुन्तली सहित अन्य चर्चित कलाकारहरुको समेत उपस्थिती रहने छ । धुर्मुसले सामाजिक सञ्जाल फेसबुक मार्फत कार्यक्रम हुने जानकारी दिँदै दुबईमा रहेका नेपालीहरुलाई उपस्थितीका लागि अनुरोध समेत गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij