Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

१६ लाख डुबेपछि दाउदको नाममा सांसदलाई धम्की


  • बुधबार, चैत्र २७ २०७५

  • १६ लाख डुबेपछि दाउदको नाममा सांसदलाई धम्की

    काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द लिङ्देनलाई धम्क्याउँदै ५० लाख रुपैयाँ माग्ने युवक पक्राउ परेका छन् । झापाका तिलकदास पराजुलीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार गोंगबुबाट पक्राउ गरेको हो

    पराजुलीले आफूलाई अन्डरवल्र्ड डन दाउद इब्राइमको मान्छे भएको भन्दै लिङ्देनलाई फोन गरी ५० लाख रुपैयाँ मागेका थिए । हत्याका लागि ५० लाखको सुपारी लिइसकेको भन्दै उनले हिन्दी भाषामा धम्क्याएका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

    पराजुली वैदेशिक रोजगार ठगीका फरार अभियुक्त भएको खुलेको छ । आफ्नो १६ लाख रुपैयाँ डुबेपछि धम्क्याएर पैसा कमाउने बाटो रोजेको उनले प्रहरीलाई बताएका छन् । 

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij