काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको अभियानलाई अघि बढाउन आवश्यकता अनुसार संविधान, कानुन परिमार्जन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सोमबार नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारण सभालाई काठमाडौंमा उद्घाटन गर्दै उनले विगतका गलत अभ्यास र परम्परालाई त्यागेर मुलुकलाई समृद्ध बनाउने अभियानमा सक्रियताका साथ लागि पर्न पनि निजी क्षेत्रलाई आह्वान गरे ।
प्रधानमन्त्री ओलीले अव अरुलाई दोष दिएर पन्छिने अवस्था सरकार –निजी क्षेत्र कसैलाई पनि नरहेको पनि स्पष्ट पारे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
