Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अपडेट : मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीको मृत्यु, १२ घाइते (नामावलीसहित)


  • सोमबार, चैत्र २५ २०७५

  • अपडेट : मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीको मृत्यु, १२ घाइते (नामावलीसहित)

    काठमाडौं– मलेसियाको सेपाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २ नेपालीको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् । आइतबार राती ११ बजेर १० मिनेटमा उक्त बस दुर्घटना भएको हो ।
    मलेसियाको क्वालालुम्पुर अन्तर्राष्ट्रिय एअरपोर्टनजिकै बस दुर्घटना हुँदा २ नेपालीसहित १२ जनाको मृत्यु भएको थियो । बसमा सवार ४३ यात्रु मध्ये १४ जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।
    मृत्यु हुने नेपालीमा रामु चौधरी र जागरनाथसिंह दनुवार रहेका छन् ।
    यस्तै दुर्घटनामा घाइते हुने नेपालीमा केशव थापा, लोकेश ओली, कृष्ण बहादुर पुन मगर, भरत शाही, पदम बहादुर कुँवर, सन्तोषकुमार शाह, सुमन काउचा मगर, सन्तोष कुमार यादव, लोकेन्द्र शहादुर शाही, सुरज यादव, महेश कुमार बुढाथोकी र विश्वकर्मा मण्डल रहेका छन् । उनीहरुको पुत्राजय अस्पताल, सेरडाङ अस्पताल र बान्तिङ अस्पतालमा उपचार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij