चितवन– चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरले जिल्लामा नै पहिलोपटक आइभिएफ प्रविधिवाट महिलालाइ कृत्रिम गर्भाधान प्रक्रिया सुरु गरेको हो ।
कलेजले विश्व स्वास्थ्य दिवसको अवसर पारेर अस्पताल अन्र्तगतकै चितवन मेडिकल फर्टिलिटि सेन्टर स्थापना गर्दै टेष्ट टयुव बेबी गर्भाधान प्रक्रिया सुरु गरेको अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।
जहाँ ईन विट्रो फर्टिलाइजेशन, इन्ट्रा साइटोप्लाज्मिक स्र्पस इन्जेक्सन र भ्रुण बैङ्किङ सेवाहरु प्रदान गर्नेछ ।
न भिट्रो फर्टिलाइजेसन अर्थात टेष्ट टयुव बेबी गर्भाधान प्रक्रियाको एक समारोहका विच नेपाल सरकारका स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उद्धघाटन गरेका थिए । झण्डै १ बर्षको लामो प्रयासपछि राजधानी काठमाडौँ जाने बाध्यता हटाउनसगैँ सहज रुपमा आफ्नो ठाउँमा गुणस्तरीय सेवा दिन टेष्ट टयुव बेबी गर्भाधान कार्य सुरु गरेको चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक ्.हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।
उक्त अवसरमा बोल्दै स्वास्थ्य मन्त्री यादवले सरकारले समेत नयाँ नयाँ उपचार सेवा दिने लक्ष्य राखेको अवस्थामा निजि क्षेत्रको पहलमा चितवनमा चितवन मेडिकल कलेज सुरु गरेको यो आम जनताको लागि लाभ दायिक हुने विश्वास व्यक्त गरे ।
नेपालमा १५ प्रतिशत बिबाहित उमेर समूहका दम्पतीहरु निसन्तान समस्यामा छन् । अधिकांश गर्मी स्थानमा कामको खोजीमा जाने ३८ प्रतिशत नेपाली कामदार शुक्राणु घट्दै जाने जोखिममा छ भने झण्डै ६० प्रतिशत दम्पती उन्नत उपचारको खोजीमा विदेश गइरहेका छन् ।
चितवन मेडिकल कलेजका स्त्री प्रसुती तथा रोग विभाग प्रमुख डा.उपेन्द्र पण्डितको अगुवामा यो सेवा सुरु गर्ने लागिएको हो । ्
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
