Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चट्याङ लागेर मोरङमा १० वर्षीया बालिकाको मृत्यु


  • आइतबार, चैत्र २४ २०७५

  • चट्याङ लागेर मोरङमा १० वर्षीया बालिकाको मृत्यु

    उर्लाबारी । चट्याङ लागेर मोरङको बूढीगङ्गा गाउँपालिका–३ बाँसबारीमा आज एक बालिकाको मृत्यु भएको छ । 

    खेतमा बाँधेको गाई घरतिर लिएर आउँदै गर्दा चट्याङ लागेर १० वर्षीया आराधना राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    घाइते राजवंशीलाई उपचारका लागि विराट मेडिकल कलेज लैजाने क्रममा उनको मृत्यु भएको हो ।

    बालिकाको शव परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ । 

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij