काठमाडौं– ट्रकले भ्यानलाई किचेर भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
ललितपुरको नयाँबाटोमा जनक शिक्षा सामग्री केन्द्रको ट्रकले तरकारी बोकेको भ्यानलाई किच्दा दुर्घटना भएको हो ।
शुक्रबार मध्यान्ह ना१ घ ५३३ नम्बरको ट्रकले तरकारी बोक्ने भ्यानलाई किचेको थियो । दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुलेको छैन् । सवारी चाप रहेको सडकमा भएको दुर्घटनाले त्यस क्षेत्रको यातायात आवागमन समेत प्रभावित भएको छ । अहिले ट्राफिक प्रहरीले दुर्घटनाग्रस्त सवारीलाई सडक किनारमा पुर्याएर सवारी सुचारु गराएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
