काठमाडौं- नेपाल बार एशोसिएशनको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी निकट प्रगतिशील, पेशागत तथा समावेशी समूह (एनएलए)का उम्मेदवार चण्डेश्वर श्रेष्ठ४ हजार २२ मत ल्याएर विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरंको संगठन बृहत् लोकतान्त्रिक समूह (डिएलए) का सुनील कुमार पोखरेलले ३ हजार ८ सय ७३ मत ल्याएका थिए । एक सय ४९ मतले पछि पार्दै उनी बारको अध्यक्ष बनेका हुन्।
नेपाल बार एशोसिएशनको शनिबार भएको २५औं केन्द्रीय कार्यसमितिको चुनावमा महासचिवमा भने डिएलएका लिलामणी पौडेल विजयी भएका छन्। उनले ४ हजार १ सय ७८ मत ल्याएका छन्। एनएलएबाट महासचिवका उम्मेदवार सुरेन्द्र बहादुर थापाले भने ३ हजार ६ सय १ मत ल्याएका छन्।
२५ जनाको केन्द्रीय कार्यसमितिमा एनएलएबाट अध्यक्ष सहित २२ र डिएलएबाट महासचिव सहित ३ जनाले जित हात पारेका छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
