Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारले बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा आधुनिक चुल्हो र सोलार दिने


  • बुधबार, चैत्र २० २०७५

  • सरकारले बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा आधुनिक चुल्हो र सोलार  दिने

    काठमाडौं -संघीय सरकारले गत आइतबार बारा र पर्सामा चलेको भीषण हावाहुरीका कारण प्रभावित भएको क्षेत्रमा आधुनिक चुल्हो र सोलार उपलब्ध गराउने निर्णय गरेको छ।
    मंगलबार ऊर्जा, जलस्रोत तथा सिचाईंमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले एक–एक हजार थान आधुनिक चुल्हो र सोलार उपलब्ध गराउने निर्णय गरेको हो ।
    उर्जासचिव दिनेश घिमिरे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक नवराज ढकाल सहभागी बैठकमा हावाहुरीबाट भएको क्षतिका बारेमा छलफल भएको थियो ।
    यसैगरी, अवरूद्ध विद्युत सेवा पुनः सुचारू गर्न योजना र बजेट निर्माण गर्ने र १३२, ३३ र ६६ केभीको लाईन सुरु गर्ने निर्णय भएको छ । विरगञ्ज क्षेत्रमा अहिलेसम्ममा ९० प्रतिशत विद्युत समेत सुचारु भइसकेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij