काठमाडौं– हुरीबाट प्रभावित भएका छिमेकी प्रदेश नम्बर २ का नागरिकलाई प्रदेश नम्बर ३ ले १ करोड रूपैयाँ सहयोग गर्ने भएको छ।
मंगलबार बिहान बसेको प्रदेश तीनको मन्त्रिपरिषद् बैठकले आवास र राहत वितरणका लागि उक्त रकम दिने निर्णय गरेको हो।देश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने –
‘हामी प्रदेश २ को सरकारसँग समन्वय गरेर उहाँहरूले खोल्नु भएको खातामा पैसा दिन्छौं ।’
यसअघि प्रदेश २ सरकारले मृतकका परिवारलाई ३ लाख रूपैयाँ दिने निर्णय गरेको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
