Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओखलढुंगामा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु


  • सोमबार, चैत्र १८ २०७५

  • ओखलढुंगामा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु


    ओखलढुंगा – ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ डडुवाखोलास्थित सिद्धिचरण राजमार्गमा आइतबार जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।

    सोलुखुम्बुबाट काठमाडौं जाँदै गरेको बा.१६च. २२०७ नम्बरको जीप दिउँसो पौने १२ बजे राजमार्गबाट दुई सय मिटर तल खसेको थियो।

    प्रहरीका अनुसार मृत्यु हुनेमा ताप्लेजुङ फक्तालुङ गाउँपालिका–७ ओलाङचुङगोलाका ५५ वर्षीय मिङ्मा शेर्पा, ४५ वर्षीय साङ्गेल शेर्पा, काठमाडौं बौद्धका २४ वर्षीय नुर्बु शेर्पा, ३५ वर्षीय ङवाङ शेर्पा, डोमा शेर्पा, नुमा शेर्पा छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरीले जनाएको छ।

    काठमाडौं नयाँबस्तीका ४५ वर्षीय कुङसिङे शेर्पाको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

    घाइते सबैलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएकोमा एकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij