काठमाडौं– मुक्तिनाथ विकास बैंकले कञ्चनपुरको महेन्द्रनगर र सुर्खेतको विरेन्द्रनगरमा शाखा विस्तार गरेको छ ।
महेन्द्रनगर शाखाको उद्घाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरे। वीरेन्द्रनगर शाखाको उद्घाटन वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकालले गरेका थिए।
बैंकका देसभरि ११४ वटा शाखा, २२ वटा एटिएम छन्। बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको जनाएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
