काठमाडौं – ललितपुर महानगरपालिका- १४ शिवचोकमा प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने ललितपुर नख्खु बस्ने ओखलढुङगाका जितबहादुर सेन्चुरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले बा.५० प २०७७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार सेन्चुरीले कारवाहीबाट बच्न प्रहरीलाई उक्त नगद दिन खोजे पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
