Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एलआर मोटर्स ब्याप्को लुब्रिकेन्ट्सको नेपालका लागी आधिकारिक बिक्रेतामा नियुक्त


  • मंगलबार, चैत्र १२ २०७५

  • एलआर मोटर्स ब्याप्को लुब्रिकेन्ट्सको नेपालका लागी आधिकारिक बिक्रेतामा  नियुक्त

    काठमाडौं – एलआर मोटर्स ब्याप्को लुब्रिकेन्ट्सको नेपालका लागी आधिकारिक बिक्रेताका रुपमा नियुक्त भएको छ ।
    बिक्रेतामा नियुक्त भएसँगै बहराइन पेट्रोलियम कम्पनीको यो लुब्रिकेन्ट्सलाई एलआर मोटर्सले नेपालभर बिक्री–वितरण गर्न शुरु गरेको छ । बहराइन सरकारको स्वमित्व रहेको ब्याप्को उच्च गुणस्तरको लुब्रिकेन्ट्सका रुपमा बिश्वभर प्रख्यात छ ।
    नेपाली बजारमा यसको अटोमोटिभ र इन्डस्ट्रियल गरी दुवै सेग्मेन्टका लुब्रिकेन्ट्स उपलव्ध गराइएको उक्त मोटर्सकी प्रवन्ध निर्देशक लक्ष्मी झाले बताइन् ।
    उनले भनिन्, ‘यसमा भएको बिशेष गुणका कारण यो लुब्रिकेन्ट्स प्रयोग भएको सवारीसाधनले राम्रो पर्फमेन्स दिनुको साथै इन्जिनको आयु समेत बढाउँछ ।’
    नेपाली बजारमा यसको पूर्ण सिन्थेटिक, सेमी सिन्थेटिक र मिनरल बेशका लुब्रिकेन्ट्स उपलव्ध गराइएको छ । ब्याप्कोलाई बिश्व प्रख्यात अटोमोबाइल ब्राण्ड मर्सिडिज, पोर्से, भल्भो र क्युमिन्स लगायत ब्रान्डले समेत ओईएममा प्रयोग गर्न सिफारिस गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij