Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जुवातास खेलीरहेको अवस्थामा १६ जना पक्राउ


  • सोमबार, चैत्र ११ २०७५

  • जुवातास खेलीरहेको अवस्थामा १६ जना पक्राउ


    काठमाडौं– काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-६ बौद्ध फुलबारी टोलबाट ७ जना, सोही महानगरपालिका(१४ बल्खुबाट ५ जना र भक्तपुर मध्यपुर ठिमी नगरपालिका-४ राधेराधेबाट ४ जना गरी उनीहरु १६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
    काठमाडौं बौद्ध फुलबारी टोल डेरा गरी बस्ने तेन्जिङ शेर्पाको डेराकोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले अवैध रुपमा मज्याङ तथा जुवातास खेलिरहेको अवस्थामा आरुबारी बस्ने ६६ वर्षीय तासी छाप्टेल लामा समेत ७ जनालाई शनिबार साँझ पक्राउ गरेको हो । उनीहरुबाट नगद २ लाख ९८ हजार रुपैयाँ, युरो २ सय ५०, चाइनिज युआन १ हजार १ सय ५२, भारतीय रुपैँया १ हजार १ सय १०, भुटानी मुद्रा १ सय ६६, कोरियन मुद्रा १ हजार, मलेसियन मुद्रा ३, इङ्गल्याण्ड पाउण्ड १०, सिंगापुर डलर ४, मज्याङ खेल्न प्रयोग हुने गोटी १ हजार ४६ वटा, कौडा ६४ थान, तास १७ बुक र जुवातास खेल्न प्रयोग हुने अन्य सामान प्रहरीले बरामद गरेको छ ।
    यसैगरी काठमाडौं वल्खुस्थित जमुना थापाको घरमा जुवातास खेलीरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले बल्खु बस्ने नुवाकोट बेलकोटगढी(५ का २९ वर्षीय हर्कबहादुर गुम्बा समेत ५ जनालाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख २५ हजार ७ सय ५० रुपैयाँ र १ बुक तास सहित शनिबार साँझ पक्राउ गरेको छ ।
    यसैगरी भक्तपुर मध्यपुर ठिमी नगरपालिका(४ राधेराधे बस्ने ३४ वर्षीय राजन भासिमाको कक्टेल नेवारी खाजा घरमा जुवातास खेलीरहेको अवस्थामा राजन समेत ४ जनालाई नगद १ लाख ७५ हजार ५ सय रुपैयाँ र ६ बुक तास सहित महानगरीय प्रहरी वृत्त ठिमीको प्रहरीले शनिबार दिउसो पक्राउ गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij