।
तिन सय बिदेशी प्रतिनिधीको सहभागिता
गैर आवासिय नेपाली संघ(एनआरएन) ओसेनिया क्षेत्रको आयोजनामा यही आउँंदो मे महिनाको ११,१२ तारिख सिडनीमा दुइ दिने एनआरएन ओसेनिया क्षेत्रीय सम्मेलन आयोजना हुने भएको छ । एनआरएनको नियमित कर्म अनुरुप ओसेनिया क्षेत्रको आयोजनामा क्षेत्रीय सम्मेलन सीड्नीको हायात रीजेन्सी होटलमा आयोजना हुन लागेको हो ।
संसारभर फैलिएर रहेको गैर आवासिय नेपाली संघको क्षेत्रीय सम्मेलनमा करिब २० राष्ट्रवाट कुल तिनसय प्रतिनिधीहरु सहभागिता हुने कुरा एनआरएन अोसेनियाका संयोजक
धर्मराज अधिकारीले बताए । । एक पटकको नेपाली सधैको नेपाली भन्ने मुल मन्त्रका साथ आयोजना हुने क्षेत्रीयसम्मेलनमा एनआरएनका केन्द्रिय अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त ,महासचिब बद्री केसीलगायतका पदाधिकारीको सहभागिता रहने पक्का भैसकेको समेत अधिकारीले सुनाए । यस्तै सम्मेलनका लागि नेपालवाट राजनितीक दलका नेता तथा बहालवाला मन्त्रीलाई समेत निमन्त्रणा गरिएको छ भने स्थानिय अस्ट्रेलियाका राजनितीक दलका नेताहरुको समेत सहभागिता रहने छ ।
समृद्ध नेपालको लागि एनआरएन सदैव र सबैको लागि भन्ने नाराका सात लगानी,पर्यटन प्रर्वधन अनि बिदेशमा सिकेको शिप र ज्ञानलाई मुलुकमा पुरयाउने अभियान अन्र्तगत यो क्षेत्रीय सम्मेलन आयोजना गरिएको संयोजक अधिकारीले सुनाए । अतिथी देबो भव र एकै हात सबै साथ भन्ने एनआरएनको मुल नारालाई बोकेर यसपटक क्षेत्रिय सम्मेलनमा भ्रमणबर्ष २०२० लाई सफल बनाउन यस क्षेत्रले खेल्नुपर्ने भुमिकाको बिषयमा समेत चर्चा गरिने आयोजक आइसीसी सदस्य होम पाण्डेले पत्रकारहरुलाई बताए ।

यसका लागि एनआरएन अस्ट्रेलिया र योसँंग जोडिएका सबैपक्षलाई अगाडि लिएर हिड्ने योजनाको तर्जुमा गर्न सम्मेलनले महत्वपुर्ण भुमिका खेल्ने बिश्वास गरेका उनले सुनाए । क्षेत्रीय सम्मेलनमा बिभिन्न देशवाट आउनुभएका प्रतिनिधी तथा बिशेषज्ञता हासिल गर्नुभएका साथीहरुको कार्यपत्र समेत रहने छ । सम्मेलनको पहिलो दिन बिहानदेखि बुलुकासम्मनै लगानीका बिषयमा, पर्यटन प्रर्वधन अनि बिदेशमा सिकेको सिप र ज्ञानलाई नेपालको बिकासमा कसरी लान सकिन्छ भन्ने बिषयमा छलफल र अन्तरक्रिया चल्ने र दोस्रो दिन कार्यक्रमको समापन र सीड्नी घोषणापत्र सार्वजनिक र अतिथीलाई सीड्नी भ्रमणको ब्यवस्था गरिएको आयोजकमध्येका एक आइसीसी सदस्य दिनेशराज जोशीले बताए । कार्यक्रममा बोल्दै एनआरएनका उपाध्यक्ष नन्द गुरुङले एनआरएनका बिभिन्न तह र निकायविचको आपसी सम्वन्ध स्पष्ट नभएका कराण कतिपय काममा तालमेल नमिलेको बताउदै यस सम्मेलनलाई सफल बनाउन आफुहरु लागिपर्ने बताए । कार्यक्रममा नेपाली समाजका अगुवा भवानी ओलीले यो क्षेत्रीय सम्मेलन सबै नेपालीहरुको प्रतिष्ठाको बिषय भएकोले मेरो र तेरो नभइ सबैको सहयोग र सदभावको आवश्यकता रहेको बताए । ओलीले संसारभरका प्रतिनिधी अस्ट्रेलिया आउने र मुलुकको बिकास र बिस्तारमा बहस चलाउदै गर्दा अस्ट्रेलियाको नेपाली समाजले यसलाई महत्वपुर्ण पाटोको रुपमा लिनु पर्ने सुनाए । कार्यक्रममा एनआरएन आइसीसी सदस्य दिपक भट्टराइ, उषा बारिया पोखरेल, बबीता श्रेष्ठ लगायतको टिमको अथक प्रयासमा कार्यक्रमलाई भब्य र सभ्य बनाउन बिभिन्न समिती बनेको छ । कार्यक्रममा एनआरएनका सचिब देब गुरुङ , एनआरएनकी संरक्षक इन्द्रा वन ,अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेल, एनआरएनका आइसीसीका पुर्व युवा संयोजक विजय पोखरेल, आइसीसीका खेलकुद संयोजक राजु मानन्धर, ओसेनिया खेलकुद संयोजक भुपाल सिटौला ,एनआरएनका सदस्य अजय राजवंशी, नयाका अध्यक्ष प्रकाश खरेल ,युवा अभियन्ता कोमल पाठक , सुदुरपश्चिम समाजका अध्यक्ष दिपक जोशी, एनएडीएफका उपाध्यक्ष पुर्णनाथ घिमिरे र सुरेन्द्र सापकोटा ,एनआरएन आइसीसी मिडिया कमिटीका सदस्य डिल्ली ढकाल लगायतको उपस्थीती रहेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
