काठमाडौं– कामना सेवा विकास बैंक र एभरेष्ट इन्स्योरेन्स कम्पनि बिच बीमा सेवा सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एभरेष्ट इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका थिए
। सम्झौता सँगै बैंकको देशभर रहेको ७३ वटै शाखाहरुबाट सेवाग्राहीले सहज रुपमा एभरेष्ट इन्स्योरेन्सको निर्जीबन बीमा सेवा लिन सक्नेछन् ।
काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले ७३ वटा शाखा तथा २९ वटा ATM मार्फत सम्परर्ण सेवाग्रहीलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले ABBS, Internet Banking, Mobile Banking C- ASBA , लगायतका सम्पूर्ण बैंकिङ सेवाहरु प्रदान गरिरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
