काठमाडौं -बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली परिवारसहित चलचित्र हेर्न गएका छन्। प्रधानमन्त्री ओली बुवा मनप्रसाद ओली र श्रीमती राधिका शाक्यलाई सँगै लिएर अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र क्याप्टेन हेर्न गएका हुन्।
राजधानीको सिटी सेन्टरको बिग मुभिजमा प्रधानमन्त्री रात्रीकालीन सो हेरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
चलचित्र क्याप्टेनमा राष्ट्रिय खेलाडीले भोग्नु परेका समस्यालाई विषयवस्तु बनाइएको छ।
सरकारका मन्त्री र सत्तारूढ दलका नेताहरूसहित हलमा पुगेका प्रधानमन्त्रीलाई अनमोलसहित अन्य कलाकारले स्वागत गरेका थिए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
