Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अस्ट्रेलियामा मौलायो नेटवर्कीङ धन्दा नेपाली बिध्यार्थीलाई फन्दा


  • बुधबार, चैत्र ६ २०७५

  • अस्ट्रेलियामा मौलायो नेटवर्कीङ धन्दा  नेपाली बिध्यार्थीलाई फन्दा

    सुरेशराज शर्मा
    नेपालमा प्रतिवन्ध वा गैर कानुनी घोषित नेटवर्किङ बिजनेश यतिखेर अस्ट्रेलियामा भने कानुनको अभावमा बेखुबी मौलाएको छ । चिल्लो गाडि चढेको देखाउने र मंहगा घरमा बसेको फोटो देखाएर मासिक बिसौलाखको आम्दानी हुन्छ भन्दै अस्ट्रेलियाका बिभिन्न शहरहरुमा नेटवर्किङ धन्दाले नेपालवाट उच्च अध्यनमा आएका बिध्यार्थीहरु पनि फन्दामा पर्न थालेका छन ।
    एनआरएनका नेतादेखि भुइफुट्टा केटाहरुको हालिमुहाली रहेको अस्ट्रेलियाको नेटवर्किङ धन्दामा हजारौ नेपलाी बिध्यार्थीहरुलाई चाडै धनी हुने सपना बाडेर पाँंच सय डलर च्वाप्प पार्ने खेलोमा केहि यसका ठेकेदारहरु लागेका छन । आफुले पाांच सय डलर तिरेपछि अरु दशजनालाई फसाउन सके आफ्नो सावाँं ब्याज असुलिने यो धन्दाले कयैन नेपालीको घरको टेलिफोन र बत्तीको बिलमा समेत बढी रकम आउन थालेपछि यसको चर्चा चुलिन थालेको छ । अस्ट्रेलियामा हालसम्म नेटवर्किङ बिजनेश कानुनी रुपमा मान्य भएता पनि यसैको आधारमा कयेन सिधासाधा नेपालीलाई प्रलोभनमा पारी यो बिजनेशलाई केहि ब्यक्तीले आफ्नो दुनो सोझाउन अगाडि बढाएका छन। यो पेशाको अग्रपंक्तीमा नेपाली ब्यक्ती संन्दीप लामिछाने रहेका छन । उनी आफुलाई प्लाटिनियम रिजनल भाइस प्रेसिडेन्ट भन्दै हिड्ने गर्छन भने महिनाको तिस लाख रुपैया कमाउने बताउदै हिड्छन । यो पेशामा सिधा साधालाई फसाउन राम्रो पहिरन, सुकिला मंहगा गाडि र फेसबुकमा गतिलो घरको फोटो समेत राखेर
    नेटवर्किङमा लागे यसो हुन्छ उसो हुन्छ भन्दै हिड्ने गरिन्छ । दुइ हजार कमाइ हुनेले कम्तीमा पनि बिस हजारको फुर्ती लाउने र आफु डेरामा बसेपनि गतिलो घरको फोटो हालेर घर किनियो भन्न भान पारेपछि बल्ल नया मान्छे यसमा आकर्षित हुने यीनीहरुको रणनिती हो । नेपालवाट पढन आएका सयौ बिध्यार्थीलाई आफु बन र अरुलाई बनाउ भनेर प्रलोभन दिने एउटा गिरोहनै अहिले सिडनीमा लागेको छ । नेपालीहरु अस्ट्रेलियामा सबैभन्दा बढि एसीएन भन्ने नेटवर्किङ बिजनेशमा लागेको देखिन्छ । प्रारम्भमा एनआरएनका केहि नेताहरु पनि यस धन्दामानिकै सक्रिय भएर लागेका थिए , अहिले बिस्तारै उनिहरु यो पेशा दिर्घकालिन र टिकाउ नहुने अनि सोचेको जस्तो नभएको भन्दै पछि हटेको देखिन्छ । कानुनी रुपमा मान्य भएप्नि नेटवर्किङ पेशा भनेको आफुभन्दा मुनि बनेका सदस्यहरुले तिरेको पैसाको कमिसन खाने हो । जसले जति बनाउन सक्यो वा उसका हांगाबिंगाले जति बनाए त्यही अनुरुपको कमिशन माथि आउने हो । प्रोडक्ट बेच्ने र सस्तो मंहगो हो भन्ने कुरा टेलिफोन र बिजुलीको बिलको मिटर चढेपछि धेरैलाई थाहा भैसकेको छ । पहिलो निकै कस्सीएर लागेकी एनआरएनकी एक नेतृले अहिले यो नेटवर्किङ धन्दा चौपट रहेको बताउदै हिडेकी छिन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij