काठमाडौं– यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०७६ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ ।
‘ह्याप्पी न्यू यामाहा’ नाम रहेको यो योजनामा यामाहाका सात सय जना ग्राहकले सुनको सुक्का जित्ने मौका पाउनेछन् । साथै, हरेक खरिदमा ग्राहकले एउटा स्क्र्याच कार्ड पाउनेछन् जसमा एक लाख रुपैयाँसम्म नगद छुट पाउन सकिने छ ।
‘नयाँ वर्ष योजनाले नयाँ वर्षको उल्लासलाई झन् बढाउने कम्पनीले बताएको छ । यो योजनामा ग्राहकले नगद छुट र सुनको सिक्का जित्ने मौका पाउनेछन् ।
नयाँ वर्ष योजना अवधिभर यामाहाका हरेक डिलरमा साप्ताहिक लकी ड्र हुनेछ जसको विजेताले यामाहाको तर्फबाट सुनको सिक्का जित्नेछन् । यामाहाले नयाँ वर्ष अफरमा सात सय जना आफ्ना भाग्यशाली ग्राहकलाई सुनको सिक्का दिनेछन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
