काठमाडौं–महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले शनिबार दिउसो नियन्त्रीत लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू किमडोल बस्ने २८ बर्षीय सुन्तान गुरुङ र काठमाडौं महानगरपालिका-३२ काँडाघारी बस्ने भारत मोदिनीपुरका राहुल दास रहेका छन् ।
सोही ठाउँस्थित लागूऔषध विक्री वितरण भइरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लागूऔषध डाईजेपाम, फेनारगन र नुर्फिन समेत गरी १ सय ९२ एम्पुल सहित सुन्तानलाई पक्राउ गरेको हो । यसैगरी सोही घटनामा संलग्न राहुललाई लागूऔषध डाईजेपाम, फेनरागन र नुर्फिन गरी ९ सय ४२ एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
