Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मिस नेपाल पिसका लागि २६ प्रतियोगी छनोट


  • बुधबार, फाल्गुन २९ २०७५

  • मिस नेपाल पिसका लागि २६ प्रतियोगी छनोट


    काठमाडौं – स्काइफल ‘मिस नेपाल पिस २०७५’का लागि २६ प्रतियोगी छानिएका छन् । नेक्स्ट मोडल्स नेपालको केन्द्रीय कार्यलय टेकुमा आयोजित छनौट चरणको अडिसनमा करिब ९ दर्जनले सहभागीता जनाएका थिए ।
    कोरियोग्राफर रोजिन शाक्य, मिस नेपाल पिस २०१७ की विजेता सनम थापा मगर, डा. स्मृती मास्के प्रधान, तेयन शर्मा, नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला लगायत निर्णायकले अन्तिम प्रतियोगिताका लागि २६ प्रतियोगी छानेका हुन् ।
    ‘सशक्त महिला सबल राष्ट्र’ भन्ने नारासहित स्वास्थ्य पेसासँग सम्बन्धित यो एकमात्र सौन्दर्य प्रतियोगिता हो । अन्तराष्ट्रियस्तरमा शान्ति सन्देश फैलाउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाज प्रति थप उत्तरदायित्व बोध गराउने उद्देश्यले यो प्रतियोगिता विगत ६ वर्षदेखि नियमित आयोजना हुँदै आएको छ ।
    प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगी केही दिनमै प्रिशिक्षमा जुट्दै छन् । प्रशिक्षणको क्रममा उनीहरुलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण दिइने नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् ।
    प्रतियोगिताको अन्तिम स्पर्धा आगामी बैशाख ७ होटल सोल्टी क्राउन प्लाजमा आयोजना हुँदैछ । जसमा शिर्ष बिजेता सहित फष्टरनर अप, सेकेन्ड रनर अपका साथमा बिभिन्न आधा दर्जन बिधामा बिजेता छानिने छन् । शीर्ष विजेताले एक लाख नगदका साथै अमेरिका र अष्ट्रेलिया अध्यायनका लागि छात्राबृती जित्न सक्ने आयोजकले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij