काठमाडौं – आइतबार केन्यामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ। इथियोपियन एअरलाइन्स दुर्घटनामा गोरखाकी एकता अधिकारीको मृत्यु भएको हो।
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) इथियोपियामा कार्यरत नेपाली नागरिक एकता अधिकारी परेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
विमान दुर्घटनाबारे ट्विट गर्दै इथियोपियन एअरलाइन्सले दुर्घटनामा ३२ देशका नागरिकले ज्यान गुमाएका उल्लेख गर्दै त्यसमा एक नेपाली नागरिक पनि परेको जनाएको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
