काठमाडौं– काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित योग होटलबाट नयाँबजार बस्ने २६ वर्षीय आश्विन श्रेष्ठ र सोही स्थान बस्ने २४ वर्षीय सुजन खड्कालाई अवैध लागूऔषध गाँजा करिब ९ ग्राम, कस्तुरीको बिना २ थान, पाँचऔंले जडिबुटी १ थान र डिजिटल तराजु १ थान सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा केही शंकास्पद ब्यक्तिहरु रहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा बसिरहेका उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीहरुमध्ये श्रेष्ठको साथबाट उक्त परिमाणको लागूऔषध तथा खड्काको साथबाट कस्तुरीको बिना, पाँचऔंले जडिबुटी र डिजिटल तराजु बरामद भएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
