Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिभिल होम्सले १ लाख १ हजार घर निर्माण गर्ने


  • बिहिबार, फाल्गुन २३ २०७५

  • सिभिल होम्सले १ लाख १ हजार घर निर्माण गर्ने

    काठमाडौं– नेपालको पहिलो हाउजिङ कम्पनी सिभिल होम्सले १ लाख १ हजार घर निर्माण गर्ने घोषणा गरेको छ । १ हजार १ घर निर्माण गरि बिक्री गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सिभिल ग्रुपका अध्यक्ष तथा पूर्व सभासद् इच्छाराज तामाङले सो घोषणा गरेका हुन् ।
    कम्पनिले अब निर्माण गरिने घरहरु परम्पररागत भन्दा धेरै फरक हुने र सस्तो पनि हुने अध्यक्ष तामाङले बताए । तामाङले भने ‘अब बन्ने घरका घरको डिजाईन नयाँ हुनेछन्, जहाँ आधुनिक निर्माण सामग्रीको प्रयोग गरिनेछ, विकसित नयाँ प्रविधिको प्रयोग गरिनेछ र काम गर्ने तरिका समेत परिवर्तन गर्दैछौं ।’

    कार्यक्रममा बोल्दै सिभिल ग्रुप अफ कम्पनीजका अध्यक्ष ईच्छाराज तामाङले अब १ लाख घरहरु निर्माण गर्ने लक्ष्यका साथ अघि बढ्ने बताए । उनले पाँचखालमा स्मार्ट सिटी परियोजनामा काम सुरु गर्ने योजनामा आफुहरु रहेको बताउँदै हाउजिङ क्षेत्रमा जग्गाको कित्ताकाट, जग्गा प्राप्ती, हदबन्दी लगायतका समस्याहरु समाधान हुनु पर्नेमा जोड दिएका थिए

    आइतबार एक कार्यक्रमको आयोजना गरी सिभिल होम्सले १ हजार एक औं ग्राहकलाई सम्मान समेत गरेको छ ।

    सिभिल ग्रुप अफ कम्पनी अन्तर्गतको सिभिल होम्सले भैसेपाटीबाट पहिलो फेजका रुपमा सुरु गरेको आवास योजना गोदावरीमा नवौं फेजमा पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij