Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुन्तला बिक्रीबाट २२ लाख आम्दानी


  • मंगलबार, फाल्गुन २१ २०७५

  • सुन्तला बिक्रीबाट २२ लाख आम्दानी

    स्याङ्जा-स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसाका भूपराज भण्डारीले सुन्तला बिक्रीबाट २२ लाख आम्दानी गरेका छन्।

    मुख्य आम्दानीको स्रोतका रुपमा रहेको सुन्तला बिक्रीबाट सुन्तला व्यवसायी भण्डारीले यस पटक ३० टन सुन्तला बोटबाटै बिक्री गरी २२ लाख आम्दानी गरेको बताए। भण्डारीको ४२ रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ।

    उक्त बगैँचामा एक हजार ५०० सुन्तलाका बोट छन् । बगैँचाका झण्डै ९०० बोटमा फल लागेको उनले जानकारी दिए। गत शुक्रबार मात्रै बोटबाट सुन्तला बिक्री गरेर सकेका भण्डारीले सुन्तला बगैँचाबाटै ४० देखि ९० रुपैयाँ प्रतिकिलोमा सुन्तला बिक्री गरेको बताए।

    “ प्रायःजसो अन्यत्र सुन्तला बिक्री गरेर सकिएपछि मात्रै म सुन्तला बिक्री गर्न शुरु गर्छु,” सुन्तला व्यवसायी भण्डारीले भने, “पहिला बिक्री गर्दा बजार मूल्य सस्तो हुने भएकाले मैले प्रत्येक वर्ष ढिलो सुन्तला बिक्री गर्ने गरेको छु ।”

    भण्डारीले सुन्तला बिक्रीबाट दुई वर्षअगाडि २२ लाख आम्दानी गरेका थिए । गत वर्ष भने १७ लाख रुपैयाँ मात्र आम्दानी गरेको जानकारी दिए। स्याङजा जिल्लामा प्रशस्त मात्रामा सुन्तला उत्पादन हुने गर्छ । यहाँको सुन्तला विभिन्न जिल्लामा समेत बिक्रि हुँदै आएको छ । यस क्षेत्रका गोर्खा, तनहुँ, स्याङजा लगायतका जिल्लाका सुन्तला उपभोक्ताले नीकै रुचाउने गर्छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij