काठमाडौं–नेपाल बंगलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वृक्षरोपण गरेको छ । बैंकले पशुपति क्षेत्रस्थित पशुपति क्षेत्र विकास कोष पशुपतिनाथ मन्दिर परिसरमा वृक्षरोपण गरेको जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकाल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा बेैंकका सञ्चालकलगायतले संयुक्त रूपमा वृक्षरोपण गरेका थिए । बैंकले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा टेवा पु¥याउने उद्देश्यले विभिन्न बहुमूल्य प्रजातिका बिरुवा रोपेको बैंकले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
