बर्दिया– किशोरीहरुलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा रसुवा यार्चा गाउँपालिका-१ बस्ने २४ वर्षीय कामी थोक्रा, सुर्खेत गुर्भाकोट नगरपालिका-१२ बस्ने ४६ वर्षीय वकिलबहादुर मल्ल र दाङ तुल्सीपुर उपमहानगरपलिका-५ बस्ने ४५ वर्षीया मैमीकुमारी सार्की समेत ३ जनालाई बर्दिया बढैयाताल गाउँपालिका-८ कर्णालीपुलबाट शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
रसुवा यार्चा गाउँपालिका-५ बस्ने २० वर्षीया र १८ वर्षीया २ किशोरीलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पुलमा पुग्दा फेला पारी पक्राउ गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
