पोखरा– पोखरा महानगरपालिका १८ सारङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ।
आइतबार बिहान ११ बजेर १७ मिनेटमा फेवातालमा खसेका रोमानियाका नागरिकको मृत्यु भएको हो।
गम्भीर घाईते रोमानियाका ४२ वर्षीया इडिइकेडिको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
घाईते इडिइकेडिलाई तालबाट उद्धार गरेर तुरुन्तै उपचारको लागि पोखराको मेट्रोसिटी हस्पिटलमा ल्याइए पनि उनलाई अस्पताले मृत घोषणा गरेको हो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
