पर्यटनमन्त्री भएपछि रवीन्द्र अधिकारीका मुख्य उपलब्धि
१. मन्टियल सन्धि संसद्बाट पास गरी कार्यान्वयनमा ल्याए । यसले अन्तर्राष्ट्रिय हवाई दुर्घटनामा नेपालको बिमा २० लाख रुपैयाँबाट डेढ करोडभन्दा माथि पुग्यो ।
२. राष्ट्रिय गौरवका रूपमा घोषित भैरहवा, पोखरा, निजगढ विमानस्थल निर्माणमा तीव्रता, अल्झन फुकाउने काममा उनको सक्रियता विशेष थियो ।
३. उनको कार्यकाल अवधिमा नेपालमा सर्वाधिक पर्यटक नेपाल भित्रिए, सन् २०१८ मा ११ लाख ७३ हजार ३२ जना पर्यटक नेपाल आए ।
४. नेपाल भ्रमण वर्ष २०२० को आधार तयार पार्ने काम गरे । पर्यटन व्यवसायीमा आत्मविश्वास बढाउन उनको ठूलो भूमिका छ ।
५. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २१ घन्टा सञ्चालन, त्रिभुवन विमानस्थलको स्तरोन्नतिमा रहेका गाँठा फुकाउन सहजीकरण गरे ।
६. धनगढी र चन्द्रगढी विमानस्थलमा रात्रिकालीन उडान सुरु गरे । आन्तरिक नेपाली वायुसेवा कम्पनीले रात्रिकालीन विमान उपत्यकाबाहिर बस्ने गरी काम सुरु गरे । यसले त्रिभुवन विमानस्थलको चाप घटाउन भूमिका खेलेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
