काठमाडौं -ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन नर्भिक अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्य अवस्था खराब भएपछि पुन नर्भिकमा भर्ना भएका हुन् ।
रिंगाटा लागेर लडेका पुनको छातिमा समस्या देखिएपछि विहिबारअपरान्ह नर्भिकमा भर्ना गरिएको थियो । पुनलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा बादल, वन मन्त्री शक्ति बस्नेत लगायत नर्भिक पुगेर फर्किएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ पनि पुनको अवस्थाबारे जानकारी लिएका छन् ।
पुनको अवस्था सामान्य रहेको पुनको निजी सचिवालयले जनाएको छ । डाक्टर यादव भट्टसहितको टोलीले पुनको उपचार गरिरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
